बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

च्याम्पियन्स लिग : घरमै हार्‍यो सिटी, रियलको जित

च्याम्पियन्स लिग : घरमै हार्‍यो सिटी, रियलको जित

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 67
    SHARES
च्याम्पियन्स लिग : घरमै हार्‍यो सिटी, रियलको जित

काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडसँग ३–२ ले पराजय भोगेको छ। गएराति भएको प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले पराजित भएपछि सिटीको अन्तिम १६ यात्रा कठिन देखिएको हो।

रियलको जितमा केलियन एकबाप्पले, ब्राहिम डियाज र जुड बेलिङ्घमले समान एक गोल गरे। सिटीका लागि दुवै गोल हालान्डले गरे। खेलको पहिलो हाफमा नै १–० ले पछि परेको रियलले उदोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

पहिलो हाफको १९ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एमबाप्पलेको गोलमा रियल खेलमा फर्कियो। ८० औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पुनः अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन। ८६ औँ मिनेटमा डियाजको गोलमा रियलले खेललाई पुनः बराबरीको स्थितीमा ल्याएको थियो। इन्ज्युरी समयमा बेलिघमले गोल गरेपछि रियलले पहिलो लेगमा संर्घषपूर्ण जित निकालेको हो।

गएराति कै अर्को खेलमा पिएसजीले भने ब्रेस्टमाथि ३–० को फराकिलो जित दर्ता गरेको छ। अर्को खेलमा युभेन्टसले पिएसभीलाई २–१ ले हराउँदा बोरुसिया डर्टमुन्डले स्पोर्टिङ सिपीलाई ३–० ले नै पाखा लगाएको हो। नकआउट चरणको प्लेअफमा आज राति पनि चार खेल हुनेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology