खेलकुद

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

काठमाडौं। च्याम्पियन्स ट्रफीको लागि भारतको टोलीमा तीव्र गतिका बलर जसप्रित बुमराह नहुने पक्का भएको छ। बुमराहको अझै पनि आफ्नो ढाडको दुखाइबाट पूर्ण रूपमा निको नभएपछि टोलीमा नराख्ने पक्का भएको हो। गत जनावरीमा सिड्नी टेस्टको क्रममा उनलाई चोट लागेको थियो। जसका कारण उनले इंग्ल्यान्डविरूद्धको सिरिज गुमाएका थिए।

उनको पुनरागमनको कहिले हुने बारेमा कुनै पुष्टि भएको छैन। सम्भवतः उनी केही हप्तामा दौडिन सुरु गर्नेछन् र त्यसपछि बिस्तारै बलिङमा फर्कनेछन्। चोटका कारण बुमराहले गुमाउने यो दोस्रो आइसिसी प्रतियोगिता हो। ढाडको चोटका कारण बुमराहले अष्ट्रेलियामा २०२२ को टी २० विश्वकप गुमाएका थिए।

बुमराहको स्थानमा हर्षित रानालाई टोलीमा राखिएको छ। उनले इङ्गल्याण्डविरुद्धको जारी सिरिजमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...