समाचार

साँखुमा स्कुल बस दुर्घटना : छ जनाको मृत्यु, ४० घाइते

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको शंखरापुर अस्पताल र अरु दुई जनाको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक नविन चुदालिको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...