सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १, २०८१

  • 108
    SHARES
घट्यो नेप्से

काठमाडौँ। साताको पाँचौ दिन आज ७।२६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ।

बिहीबार सूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन झण्डै ९ अर्बको कारोबार भएको बजारमा साताको अन्तिम दिन भने झण्डै ८ अर्बको कारोबार भएको छ। नेप्सेका अनुसार १ करोड ५८ लाख कित्ता सेयर बिक्रीपछि ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको हो।

यस कारोबारमा ७६ वटा सेयरको मूल्य बढे पनि १६२ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। लगानीकर्ताले आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३४ करोडको कारोबार गरेका छन्। यो कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१५ रुपैयाँ छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology