बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

४ देशीय महिला च्याम्पियन्स लिगका लागि एन्जिलाको कप्तानीको २३ सदस्य टोली घोषणा

४ देशीय महिला च्याम्पियन्स लिगका लागि एन्जिलाको कप्तानीको २३ सदस्य टोली घोषणा

दुई नयाँ खेलाडी टिममा

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १, २०८१

  • 81
    SHARES
४ देशीय महिला च्याम्पियन्स लिगका लागि एन्जिलाको कप्तानीको २३ सदस्य टोली घोषणा
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी.

काठमाडौं।चार देशीय महिला च्याम्पियन्स लिगका लागि नेपालले एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २३ सदस्य टोली बनाएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले दुई नयाँ खेलाडी समेट्दै टिम घोषणा गरेका हुन्। टिममा मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेटिएको छ।

यसअघिको महिला च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्। टिममा अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।

मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।

दोस्रो चरणको छनोटमा परेका ३० खेलाडीबाट ७ जना बाहिरिएका हुन् । गोलरक्षकहरू साबित्री किसन र सुजाता तामाङ, डिफेन्डरहरू सजनी थोकर र प्रतिक्षा चौधरी, मिडफिल्डरहरू सम्झना लावती र बिर्सना चौधरी तथा फरवार्ड ममता पुन अन्तिम टोलीमा अटाउन सकेनन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology