राजनीति

क्रान्तिकारी धारा र आदर्श जोगाउन माओवादी घटकबीच मोर्चाबन्दी गर्न जन एकता अभियान संयोजकको प्रस्ताव

आज ३०औं महान् जनयुद्ध दिवस। माओवादीले हतियार उठाएर तत्कालीन राज्य व्यवस्था र निरंकुशताविरुद्ध लड्न सुरु गरेको ३ दशक बितेको छ। माओवादीले २०५२ सालको फागुन १ मा भूमिगत राजनीति सुरु गर्दै राज्यव्यवस्था विरुद्ध लडेको थियो।

त्यसबेला एक बनेर लडेका माओवादी घटक शान्ति प्रक्रियामा आएसँगै विभाजित बनेका छन्। कुनै संसदीय व्यवस्थामा छन् त कुनै संसदीय व्यवस्था विरुद्ध लडिरहेका छन्। समग्रमा सबै माओवादी घटकले जनयुद्धलाई सम्झेका हुन्। यत्तिकैमा माओवादी घटकबीच पुनः एकताको विषय पनि उठेको छ।

दजनौँ पटकका फुटले माओवादी आन्दोलन कमजोर बनेको बुझाइ माओवादी नेताहरूमै पर्न थालेको छ। माओवादी कमजोर बनेकै कारण साम्राज्यवादी शक्तिहरूको नांगो हस्तक्षेपदलाल प्रतिक्रियावादी शक्ति चौतर्फी घेराबन्दी पार्ने कोसिस रहेको दाबी गर्दै एक हुने निजोडमा पुगेका छन्। यत्तिकैमा जनएकता राष्ट्रिय अभियान नेपालले समेत सबै माओवादी घटक एक हुनुपर्ने भन्दै आह्वान गरेको छ।

जनयुद्ध दिवसको अवसरमा जन एकताले विज्ञप्तिमार्फत जनयुद्ध राजनीतिक लडाई मात्र नभएको बताएको छ। ‘यो एक वैचारिक र सैद्धान्तिक क्रान्तिकारी महा–अभियान थियो । जसले सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी संरचनाहरू एकहदसम्म ध्वस्त पारेको थियो।’ जनएकताले भनेको छ।

उनले जनयुद्ध एक वैचारिक र सैद्धान्तिक क्रान्तिकारी महाअभियान रहेको बताएको छ। जनयुद्धले सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी संरचनाहरू एकहदसम्म ध्वस्त पारेको र यसकै जगमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणालीमा प्रवेश गरेको पार्टीको ठहर छ।

उनले जनयुद्धका ऐतिहासिक उपलब्धिहरू—जनमुक्ति सेना, जनसत्ता, जनकम्युन र जनसहकारी संस्थाहरू—यी सबैले जनतालाई नयाँ यथार्थ र सम्भावनाको बाटो देखाएको दाबी गरेको छ। उनले पछिल्लो समय भने मुलुक गम्भीर मोडमा पुगेकाले यस परिस्थितिमा हामीलाई आफ्नो क्रान्तिकारी धारा र आदर्शलाई पुनः जीवित राख्दै, संघर्षको नयाँ स्वरुप र शक्तिशाली जनसंगठनको आवश्यकता रहेको बताएको छ।

‘हामीले बडो जिम्मेवार भएर दृढतासाथ भन्न चाहन्छौं-अबको क्रान्ति केवल बुझाइको तहमा मात्र होइन, यसले साम्राज्यवादी पुँजीवादको मक्किएको संरचनामाथि प्रहार गर्दै, क्रान्तिकारी आन्दोलनलाई नयाँ दिशा दिनु पर्दछ।’

यता आजै प्रचण्डले पनि जनयुद्धका उपलब्धि कति छन् भन्ने समालोचना गर्ने बेला भएको बताएका छन्। उनै प्रचण्डको नेतृत्वमा माओवादी जनयुद्धमा होमिएको थियो।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...