१२ रुपैयाँमा झर्यो काउली, बन्दा ११ [अरू कति?]
काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९शुक्रबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ।
कालीमाटीमा आज सानो लोकल गोलभेँडा २०, रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा ११, नरिवल बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि तराईको काउली १२, सेतो मुला १७, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५, हरियो फर्सी १२, भिन्डी ९५, घिरौँला ११०, स्कुस ३५, रायोको साग १२, कन्य च्याउ ११०, डल्ले च्याउ ३७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ५५, सानो नेपाली गोलभेँडा २०, रातो आलु ३४, भारतीय रातो आलु ३२, तराईको गाँजर २५, लोकल बन्दा, तराईको बन्दा, नरिवल बन्दा, रायोको साग, स्थानीय काउली र तराईको काउलीको मूल्य किलोको १२ रुपैयाँ थियो।
त्यसैगरि हिजो लाम्चो भन्टा २५, करेला ९५, लौका र पाकेको फर्सी ४५, हरियो पर्सी १५, चमसुरको साग ४०, कन्य च्याउ १०५, डल्ले च्याउ ३८६, सजिवन १७५, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




