बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

लेबनानमा शान्ति सेनामाथि हमलामा उपरथी चोकबहादुर घाइते

लेबनानमा शान्ति सेनामाथि हमलामा उपरथी चोकबहादुर घाइते

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 51
    SHARES
लेबनानमा शान्ति सेनामाथि हमलामा उपरथी चोकबहादुर घाइते

लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आक्रमण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आक्रमणमा घाइते भएका छन्।

उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आक्रमण गरेका थिए। उपरथी ढकाल सवार गाडीलाई पहिलो गाडी क्रस गर्ने बित्तिकै प्रदर्शनकारीहरूले रोकेपछि गाडीमा आगोको लप्काले लग्न थालेको थियो।

सुरक्षाकर्मीहरू सवारी साधनको अगाडि र पछाडि रहेको जिपले गाडीको इस्कर्ट गरिरहेका थिए। घटनापछि, उपरथी ढकाललाई यूएन लेभल–३ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो र अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ।

ढकाल आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने क्रममा थिए र नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबार विदाइ कार्यक्रम गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology