कालिमाटीमा कति छ आज तरकारीको मूल्य?
काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालिमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २०, करेला ११५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली र भारतीय दुवै गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २५, करेला ८५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी भिन्डी १०५, सायोको साग १२, पालुंगोको साग ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




