१७ महिनापछि देउवा प्रधानमन्त्री : ओली
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गरेका हुन् ।
पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले दोहोर्याए ।
‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् । यस्तो हल्ला नचलाइदिए पनि हुन्थ्यो । यस्तो हल्ला नचलाइ दिए पनि हुन्थ्यो । गलत हल्लाले जनतामा निराशा बढ्छ । अब १७ महिना म सरकार चलाउँछु । त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता छोड्छु । यो डिक्लेयर छ । हल्ला चलाउनै पर्दैन’, उनले भने, ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । जे गरे पनि ढल्दैन । प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइको छ । जति बल गरे पनि ढल्दैन । १७ महिना पछि केही गर्नै पर्दैन ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...
इलाम कारागारभित्रै मतदान
इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...




