शिक्षा

केआईआईटी कलेजको अनुमति स्थ‍गित गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआई) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछिको घटनालाई समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र प्रदान नै रोक्का गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई परेको कठिनाइलाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ। मन्त्रालयले विद्यार्थीहरूको समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्दै भारतीय पक्षसँग छलफल गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

यसै सन्दर्भमा, प्रभावित विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन शिक्षा मन्त्रालयले सहजीकरणका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको जनाएको छ। विद्यार्थीहरूले आफ्नो समस्या राख्न सकुन् भनेर मन्त्रालयले तीन जना सम्पर्क व्यक्ति तोकेको छ, जसमा राजु श्रेष्ठ, देवीराम आचार्य, र सपना खड्का छन्।

मन्त्रालयले भारतीय विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूका समस्या समाधानका लागि उच्चस्तरीय पहल भइरहेको स्पष्ट पारेको छ। साथै, यस्तो समस्या भविष्यमा दोहोरिन नदिन सरकारले थप रणनीतिक नीति अवलम्बन गर्ने जनाएको छ।

सम्बन्धित समाचार

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...