‘तराई–मधेस जागरण अभियान’ अघि बढाउँदै माओवादी
काठमाडौँ। नेकपा माओवादी केन्द्रले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ। ‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टीलाई स्थानीयस्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले फागुन १२ देखि चैत ७ सम्म कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहने अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरू रहने छन्।
अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने जनाइएको छ। अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ। विहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




