खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : रंगशालामा नेपालसँग भिड्दैछ लेबनान

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दैछन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे लेबनन र नेपाल खेल्न लागेका हुन्।

दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन्। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ। एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ।

तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानसँग फिनिसिङमा चुकेको नेपाललाई लेवनानविरूद्ध जित निकाल्न भने सहज छैन। अर्कोतर्फ लेवनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरूद्ध उत्कृष्ट खेल देखाएको थियो। यद्यपी खेलमा लेवनान ३-१ गोलले पराजित भएको थियो।

अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन्। सोहि दिन आइपुगेकी साम्बाले भोलिको खेलमा पर्याप्त आराम पाएकी छिन्। साम्बाले फ्रान्सबाट सोमबार विहान आइपुगेर साँझ किर्गिस्तानसँग खेलेकी थिइन्। नेपालले लेवनानसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेवनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए।

सो खेलमा नेपालले २-१ गोलले जित निकालेको थियो। खेलमा नेपालले पूजा रानाको आत्मघाती गोलबाट पछि परेको थियो। तर साम्बाले ७६ मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। साउदी अरेबियामा भएको खेलमा प्रिति राईले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेपछि नेपालले जित निकालेको थियो।

प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता हुनेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...