
काठमाडौं। दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ। भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाएको छ। मुख्यमन्त्री गुप्ताले बिहीबार शपथ ग्रहण समेत गरिसकेकी छन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए। मुख्यमन्त्री गुप्तासहित प्रवेश वर्मा, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशीष सूद, कपिल मिश्रा र कम्पसकुमार सिंहले मन्त्रीको शपथ लिएका छन्।
उनीहरुको मन्त्रालय तोकिइसकेको छैन। प्रवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई पराजित गरेका थिए।