लेबनानसँगको साधुरो जितले नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग भिड्ने
काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले लेबनानलाई पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले विजयी बन्दै फाइनल यात्रा तय गरेको छ। अब नेपालले उपाधिका लागि म्यानमारसँग भिड्नेछ।
नेपालको जितका लागि पहिलो हाफको अन्त्यतिर नेपालले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा उनी नेपालको अग्रता दोब्बर बनाउनबाट चुकेकी थिइन् । नेपालले खेलमा नियन्त्रण राखे पनि गोलका लागि धेरै अवसर सिर्जना गर्न सकेन । नेपालले गोलको लागि अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।
दोस्रो हाफमा पनि नेपालले बलमा नियन्त्रण राखेको थियो । तर, थप गोल भने हुन सकेन । जितसँगै नेपाल गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो । लेबनानसँग नेपालको यो दोस्रो भिडन्त थियो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल २–१ गोलअन्तरले विजयी बनेको थियो ।
नेपालले यस खेलपछि फागुन ११ मा शीर्ष स्थानमा रहेको म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




