बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा, सांगीतिक टूर अनिश्चित

गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा, सांगीतिक टूर अनिश्चित

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 57
    SHARES
गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा, सांगीतिक टूर अनिश्चित

गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा, सांगीतिक टूर अनिश्चित
काठमाडौँ। गायक सुजन चापागाईंसहित उनको टिमले अमेरिका जाने भिषा नपाउँदा सांगीतिक टूर अनिश्चित बनेको छ। गायक चापागाईंले सामाजिक सन्जालबाट जानकारी दिँदै अमेरिका टूर तत्काललाई रोकिएको जनाएका छन्।

उनी लेख्छन्, ‘राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेका छन् ।’

उनी लेख्छन्, ‘ लामो समयदेखि नेपाली गीतसंगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरि रहेको कुरा दर्शक श्रोताले बुझी दिनु भएकै छ । लगभग २ बर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुनः सुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ । यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा याचना गर्दछु । हामी पुनः भेटने छौं ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology