राजनीति

ओलीसँग विवाह भएकै अवसर पारेर राधिका शाक्यको आत्मकथा लोकार्पण

काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरेका हुन् ।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७ औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

‘न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे । त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु’, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यहि करुणाले गरे ।’

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यसवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...