समाचार

जो यूएई पठाइदिने भन्दै ४ लाख लिएर फरार भए

काठमाडौं। वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३० वर्षीय दिपेश श्रेष्ठ छन्।

यूएई पठाइदिने भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा बस्दै आएका उनलाई शुक्रबार (फागुन ९) पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कागेश्वरी मनोहरा–९ बाटै पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...