साबित्राको उत्कृष्ट प्रदर्शन, २-२ गोलमा म्यानमारसँग नेपालको पुनरागमन
काठमाडौँ। सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल हारबाट जोगिएको छ। आजको खेलको उत्कृष्ट खेलाडी पनि साम्बा नै भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगियो। बराबरीसँगै नेपाल र मयानमारले एकरएक अंक बाँडे।
खेलको ६ मिनेमै पछि परेको नेपाललाई ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्कियो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
फेरि म्यानमारले गोल हानेर अग्रता बनायो। खेलको २७ औँ मिनेटमा साम्बाको फ्री किक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




