समाचार

पशुपति क्षेत्रमा प्रतिबन्ध छ, माछामासु र मदिरा

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ। महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी गरेका हुन्।

यस सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ। आइतबार जारी सूचनामा लेखिएको छ, ‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१/११/१२ गतेदेखि २०८१/११/१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्णरूपमा रोक लगाइएको छ। कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।’

चार किल्लामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भाग तोकिएको छ।

सम्बन्धित समाचार

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...