च्याम्पियन्स ट्रफी स् न्युजिल्यान्ड सेमिफाइनलमा पुग्दा बाहिरियो पाकिस्तान
काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन्।
समूह ‘ए’ मा न्युजिल्यान्डले सोमबार बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेसँगै सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लागेको हो।
यो समूहबाट लगातार दुई खेल हारेका आयोजक पाकिस्तान र बङ्गलादेश बाहिरिएका छन्।
अब भारतको सेमिफाइनल खेल दुबइमा हुनेछ भने न्यूजिल्याण्डको सेमिफाइनल खेल पाकिस्तानको लाहोरमा हुनेछ।
सोमबार बङ्गलादेशले दिएको २३७ रनको लक्ष्य न्यूजिल्यान्डले पाँच विकेटको क्षतिमा ४६।१ ओभरमा पूरा गर्यो। न्यूजिल्यान्डका लागि रचिन रविन्द्रले १२२ रन बनाए।
न्युजिल्यान्डले यसअघि पाकिस्तानलाई हराएको थियो। भारतले बङ्गलादेश र पाकिस्तानलाई हराएको थियो। भारत र न्युजिल्यान्डसँग पराजित भएका बङ्गलादेश र पाकिस्तानबीचको अन्तिम समूह खेल अब औपचारिकतामै सिमित हुने भएको छ।
यस्तै भारत र न्युजिल्याण्ड बीचको समूहको अन्तिम खेल्ने समूह विजेताको टुङ्गो लाग्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




