नारायणकाजीको स्वाभाव : कहिले मन्चबाटै थर्काउछन्, कहिले उद्घोषकसँग रिसाएर बाहिरिन्छन्
काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्चका भाषणका कारण प्रायः चर्चामा आउँछन्। कहिले मन्च छाडेको त कहिले मन्चबाटै थर्काएको विषय समाचार बनिरहन्छन्।
केही वर्षअघि काठमाडौँको एक कार्यक्रममा नारायणकाजीले पत्रकार ऋषि धमलालाई थक्काएका थिए। उनी भाषण गर्न मन्चमा पुगेका थिए, उता धमला अन्य नेतासँग मस्त अन्तर्वार्ता लिन व्यस्त। यत्तिकैमा नारायणकाजीले मन्चबाट थर्काए, ‘ऋषि धमलाजी। ऋषि धमलाजी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्।’
केही बेर रोकिएर नारायणकाजीले फेरि भने, ‘उहाँ(ऋषि धमला)ले राम्रै काम गर्नुभएको थियो। तर अहिले होइन, पछि गर्नुहोस्।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभाको विघटन गरेका बेला तत्कालीन नेकपाको प्रवक्ताको हैसियतमा नारायणकाजी सम्बोधन गर्दैथिए। यसपछि नारायणकाजीको भाषण ट्रोल समेत बनेको थियो। यति मात्र होइन, पहिलो संविधानसभा विघटन हुने समयमा नारायणकाजी गहभरी आँशु पारेका थिए। उनले कांग्रेस एमालेले संसद् विघटन गर्छन् भनेर भावुक बनेका बताए।
नारायणकाजीका कुरा यति मात्रमा सीमित छैनन्। कहिले योग गराउने त कहिले दार्सनिक प्रवचन दिने प्रचलन उनी चलाउँछन्। यत्तिकैमा हिजो मात्रै नारायणकाजीले अर्को व्यवहार पनि मन्चमा देखाए। त्यो हो, उनको आक्रोशित स्वरूप। माओवादीको जनतासँग माओवादी कार्यक्रमको उद्घाटनका क्रममा झापामा उनी मन्चमा पुगेर केही भाषण पनि गरेका थिए।
कार्यक्रम सन्चालक आएर उनको केही परतिर उभिए। कार्यक्रम सञ्चालक आफूअघि उभिएको देखेपछि नारायणकाजीले उनलाई राम्ररी हेरे। नारायणकाजीले आफूलाई हेरेको देखेपछि राजु हाँसिदिए। उनको हाँसो नारायणकाजीलाई थप आक्रोशित पार्ने बहाना बनिदियो।
‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा परेको?; भन्दै नारायणकाजी झोंक्किए। त्यति भनेर उनी थप नबोली आफ्नो कुर्सीमा बसे। त्यसपछि कार्यक्रम स्थलमा असजिलो अवस्था सिर्जना भएको नेताहरू बताउँछन्।
नारायणकाजीले रिसाएर माइक छाडेपछि उद्घोषक राजुले आफूले गर्दै नगरेको गल्तीप्रति क्षमा मागे। त्यसपछि उनले अध्यक्ष प्रचण्डलाई बोल्न अनुरोध गरे। तर, मंगलबार नै सोही कार्यक्रममा आफूले गल्ती गरेको भन्दै उनले क्षमा मागेका छन्। मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नारायणकाजीले आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताए।
‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै। त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु,’ श्रेष्ठले भने, ‘मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो। सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ। जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’
उनले यस्तो कार्यक्रममले माओवादीको जागरण अभियानमा कुनै असर नपर्ने पनि बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




