शनिबार, बैशाख २७, २०८२
English
Follow us:

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र अष्ट्रेलियाले अंक बाँडे

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र अष्ट्रेलियाले अंक बाँडे

  • खबर सेवा

  • बुधबार, फाल्गुन १४, २०८१

  • 58
    SHARES
च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र अष्ट्रेलियाले अंक बाँडे

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल रद्द गरिएको छ । यो खेल पाकिस्तानको रावलपिण्डीमा मङ्गलबार खेलिने तय भएको थियो, तर वर्षाका कारण हुन सकेन ।

नेपाली समयअनुसार यो खेल दिउँसो २:४५ बजे सुरु हुने भनिएको थियो, यद्यपि वर्षाका कारण टस पनि हुन सकेन । समूह ‘बी’मा समावेश अष्ट्रेलिया र दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल जितेका छन् । अष्ट्रेलियाले इङ्गल्यान्डलाई पराजित गर्दा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित दर्ता गरेको थियो ।

समूह ‘बी’मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान छन् । यस समूहबाट अहिलेसम्म कुनै टोली पनि सेमिफाइनलमा पुगेका छैनन् । समूह ‘ए’बाट भने न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगिसकेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology