च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र अष्ट्रेलियाले अंक बाँडे
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल रद्द गरिएको छ । यो खेल पाकिस्तानको रावलपिण्डीमा मङ्गलबार खेलिने तय भएको थियो, तर वर्षाका कारण हुन सकेन ।
नेपाली समयअनुसार यो खेल दिउँसो २:४५ बजे सुरु हुने भनिएको थियो, यद्यपि वर्षाका कारण टस पनि हुन सकेन । समूह ‘बी’मा समावेश अष्ट्रेलिया र दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल जितेका छन् । अष्ट्रेलियाले इङ्गल्यान्डलाई पराजित गर्दा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित दर्ता गरेको थियो ।
समूह ‘बी’मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान छन् । यस समूहबाट अहिलेसम्म कुनै टोली पनि सेमिफाइनलमा पुगेका छैनन् । समूह ‘ए’बाट भने न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगिसकेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




