सरकारविरुद्ध आन्दोलनमा जाँदै एकीकृत समाजवादी, कार्ययोजना बनाउन कार्यदल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना बनाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ। बुधबार बसेको सचिवालयले बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
कार्यदलमा उपमहासचिवहरू मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, शेरबहादुर कुँवर, स्थायी कमिटी सदस्यहरू विजय पौडेल, रामकुमारी झाँक्री छन् । फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकले सुशासनको निम्ति, महँगीविरुद्ध, सरकारका गलत निर्णयबारे आन्दोलन गर्ने निर्णय गरेको थियो । निर्णयानुसार, आन्दोलनको कार्यक्रमको कार्ययोजना बनाउन कार्यदल गठन गरिएको उनले बताए ।
केन्द्रीय कमिटी बैठकका निर्णयहरू लागु गर्ने निर्णय गरेको बैठकले पार्टीलाई एकताबद्ध बनाउने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...




