च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अफगानिस्तान, बाहिरियो इंग्ल्याण्ड
काठमाडौँ। इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान जस बट्लर र बेन डकेटले समान ३८ रन बनाए । इंग्ल्याण्डलाई अलआउट गर्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए । मोहम्मद नाबीले २ तथा फजलहक फारुकी, राशिद खान र गुलबादिन नाइबले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इब्राहिम जाद्रानले १७७ रनको शानदार पारी खेलेका थिए । १४६ बल खेलेका जाद्रानले १२ चौका र ६ छक्का प्रहार गरेका थिए । अजमतुल्लाह ओभरजाइले ४१ तथा कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले ४० रन बनाए ।
इंग्ल्याण्डका जोफ्रा आर्चरले १० ओभरमा ६४ रन दिएर ३ विकेट लिए । लियाम लिभिङस्टोनले २ तथा जेमी ओभर्टन र आदिश राशिदले १-१ विकेट लिए । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो । समूह बी मा दक्षिण अफ्रिका र अस्ट्रेलिया ३-३ अंकका साथ छन् भने अफगानिस्तानको २ अंक भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




