
काठमाडौं। मध्यरातमा काठमाडौँ उपत्यकालाई हल्लाउने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको छ।
भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड हो। केन्द्रका अनुसार २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ। क्षतिको विवरण आएको छैन।