अर्थ

डलरको भाउ १ सय ३९ रुपैयाँ ५० पैसा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा छ। विगत दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४१ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५८ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा थियो। त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ०७ पैसा थियो। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा थियो।

सम्बन्धित समाचार

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण...

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा...

सुनचाँदीकोे मूल्य वृद्धि

सुनचाँदीकोे मूल्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...