सोमवार, भदौ २, २०८२
English
Follow us:

डलरको भाउ १ सय ३९ रुपैयाँ ५० पैसा

डलरको भाउ १ सय ३९ रुपैयाँ ५० पैसा

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २०, २०८१

  • 101
    SHARES
डलरको भाउ १ सय ३९ रुपैयाँ ५० पैसा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा छ। विगत दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४१ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५८ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा थियो। त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ०७ पैसा थियो। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology