अर्थ

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ९ जना काठमाडौँ आइपुगे

काठमाडौँ। अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो । उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।

प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भएरनभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुवँरले उनीहरूविरुद्ध अन्य कसैको उजुरी रहेकोरनरहेको पुष्टि गरेर छाडिने बताए । अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको ब्युरोले जनाएको छ ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...