जसपा नेपालले पनि राजमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ लाई वैशाखसम्म सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ । वैशाखमा उक्त अभियान सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए ।
अभियानको समय तालिका भने तय गर्न बाँकी रहेको उनले बताए । जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारीमा लाग्ने उनले बताए ।
यसअघि नेकपा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्गमा अभियान सम्पन्न गरिसकेको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा।बाबुराम भट्टराईले पनि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरिसकेका छन् ।
तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट पदाधिकारी तथा कार्यकारिणी समिति विस्तार गर्ने पनि जसपा नेपालले निर्णय गरेको छ । बैठकले १४ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको हो ।
पार्टी अहिले ३१ सदस्यीय कार्यकारिणी समितिको छ । त्यसमा ११ जना र थप गरिएका तीन जना पदाधिकारीसहित १४ थप गरेर ४५ सदस्यीय कार्यकारिणी समिति बनाउने जसपाले निर्णय गरेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




