न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको कीर्तिमानी लक्ष्य
काठमाडौँ। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुग्न न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई जितका लागि ३६३ रनको कीर्तिमानी लक्ष्य दिएको छ पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर शुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो।
न्युजिल्याण्डले बनाएको योगफल जारी प्रतियोगिताको सबैभन्दा धेरै रन पनि हो। यसअघि उच्च स्कोरको कीर्तिमान अष्ट्रेलियाको नाममा थियो। अष्ट्रेलियाली टोलीले सोही मैदानमा इङ्ल्याण्डविरुद्ध ३५६ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले सर्वाधिक १०८ तथा केन विलियमसनले १०२ रनको शतकीय पारी खेले। ग्लेन फिलिप्सले र डेरिल मिचेलले ४९-४९ रन बनाए भने विल योङले २१ रन बनाए। दुवै टोली आजको खेल जितेर फाइनलमा पुग्ने योजनामा छन्। हेड टु हेडमा भने दक्षिण अफ्रिका अगाडि छ। यी दुई टोलीबीच अहिलेसम्म ७३ खेल भएका छन्।
तीमध्ये दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्युजिल्याण्डले २६ खेलमा विजयी हुँदा ५ खेल नतिजाविहीन रहेका थिए। गद्दाफी रंगशालाको पिच ब्याटिङमैत्री रहेको छ। यस मैदानमा अहिलेसम्म ७२ एकदिवसीय खेल खेलिएका छन्‚ जहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले ३३ खेलमा मात्र विजय हासिल गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




