नेपाल दुई वर्षभित्र ग्रे लिस्टबाट बाहिर आउँछ : अर्थमन्त्री
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि भएको छलफलका क्रममा उनले सरकारका प्रभावकारी कदमबारे प्रस्ट पारे ।
‘नेपाल ग्रे लिस्टमा परेका कारणहरूको स्पष्ट व्याख्या म संसदमा प्रस्तुत गर्नेछु । देशलाई दुई वर्षभित्रै ग्रे लिस्टबाट बाहिर ल्याउने हाम्रो लक्ष्य छ, तर हामी त्योभन्दा चाँडै सफल हुनेछौं,’ अर्थमन्त्री पौडेलले भने ।
उनले नेपाल ग्रे लिस्टमा कसरी पुग्यो भन्ने विषयमा संसदमा श्वेतपत्र ल्याउने तयारी पनि भइरहेको जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार नेपाल कहिलेदेखि एफएटीएफमा संलग्न रह्यो, कुन समयमा के कार्य भए वा भएनन् भन्ने स्पष्ट जानकारी संसदमा प्रस्तुत गरिनेछ । उनले विगतका सरकारले गरेका लापरवाहीको आकलन गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।
‘कुन कालखण्डमा को प्रधानमन्त्री वा अर्थमन्त्री थिए भन्ने म लेख्ने छैन, तर तथ्यहरू हेर्दा सबैलाई स्पष्ट हुनेछ,’ उनले थपे ।
पौडेलले सरकारले ल्याएको अध्यादेशलाई लिएर निरंकुशता वा स्वेच्छाचारिताको आरोप लगाउनु गलत भएको बताए । उनले अध्यादेश बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन र स्रोत साधनको सही उपयोगका लागि ल्याइएको प्रस्ट पारे ।
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




