सोमवार, भदौ २, २०८२
English
Follow us:

अझै बढ्यो सुनको भाउ

अझै बढ्यो सुनको भाउ

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २३, २०८१

  • 95
    SHARES
अझै बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology