सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता
काठमाडौं। चर्चित भारतीय स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता गरेका छन् । उनले करिब ९ महिलाअघि गरेको संन्यासको निर्णय फिर्ता लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
संन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा हुन गइरहेको अन्तर्राष्ट्रिय ब्रेक दौरान हुने खेलका लागि भारतीय टोलीमा परेका छन्। मुख्य प्रशिक्षक मानोलो माक्र्वेजले २६ सदस्यीय टोलीमा उनलाई पनि समेटेका हुन्।
४० वर्षीय सुनिलले गत जेठमा सन्यासको निर्णय लिएका थिए। उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । सो बेला उनी टोलीको कप्तान थिए।
सुनिलले भारतीय टोलीबाट १५१ खेल खेल्दै कुल ९४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन्। सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यू गरेका थिए। उनले डेब्यूले खेलमै गोल गरेका थिए। भारतले यही महिना बङ्गलादेश र माल्दिभ्सविरुद्ध खेल्दैछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




