वुमन्स डे टी२० क्रिकेट : युगान्डामाथि नेपालको कठिन जित
काठमाडौँ। वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै नेपालले दुई खेलबाट दुई अंक जोडेको छ । पहिलो पराजय बेहोरेको युगान्डाको पनि समान खेलबाट दुई अंक नै छ । पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित हुँदा युगान्डाले हङकङलाई आठ विकेटले हराएको थियो।
आइतबार एन्टेब्बे क्रिकेट ओभलमा युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा ९ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि साना प्रविनले १७, पूजा महतो १६ र रुबिना क्षेत्री १० रन बनाए । युगान्डाका लागि युगान्डाका लागि जेनेट एमबाबाजीले तीन तथा सारा वलाजाले दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा साता विकेट गुमाउदै ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट नाकिसुइले २२, स्टेफेनिया नाम्पिलिनाले १४ र मलिषा अरिकोटाले ११ रन बनाए ।
नेपालका लागि पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




