बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 41
    SHARES
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर दीलिप शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्। डा शर्माले आज निर्देशकको पत्र बुझ्ने जनाइएको छ।

मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्। वीर अस्पतालमा हाल निमित्त निर्देशकको जिम्मेवारीमा डा समाज गौतम रहेका छन्। डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्।

डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology