राजनीति

संसद्मा राजावादी सांसदको आक्रोश : राजाको समर्थन ट्रायल मात्र हो, गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज

काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन् ‘एकजना मित्रले भूत देख्नुभएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो ।’

उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् । ‘त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीको भनाई छ ।

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...