प्रचण्डको अभिव्यक्ति : राजावादी मौलाउनुमा कांग्रेस-एमाले दोषी
काठमाडौँ। नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन चेतावनी दिएका छन्। मंगलबारको संसद् बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए।
‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ। क्रान्तिको इतिहास पढ्नुस्,’ प्रचण्डले भने, ‘लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्तैन। मेरो विचारमा राजतन्त्रप्रति मेरा असहमति छन्।’ उनले संसद्मा रहेका राजावादी दल राप्रपा लगायतलाई संकेत गर्दै भने, ‘इतिहासको चक्का पछितिर फर्काउन चाहनेलाई चुनौती दिन चाहन्छु।’
‘सरकारले भ्रष्टाचारी धुँदा, लोकतन्त्रमा फोहोर’
‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताएका छन्। प्रचण्डले लोकतन्त्रले ओलीकोजस्तो राजसी ठाँट स्वीकार गर्छ भन्दै प्रश्न समेत गरेका हुन्।
उनले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।
‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा। तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’ उनले सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले नचलाएको भन्दै त्यो घोडा बिचौलियाले चलाएका छन्।
प्रचण्डले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्। प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्।
यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए। यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए। पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...




