सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 113
    SHARES
घट्यो नेप्से

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ। पुँजीबजार कारोबार पछिल्लो ७ दिनमा निरन्तर घट्दो क्रममा गएको छ। आज नेप्से परिसूचकमा १ दशमलव १७ प्रतिशतको गिरावटपछि २ हजार ७१९ दशमलव २० को बिन्दुमा कायम भएको छ।

आज ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बीमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४९, लघुवित्त शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ९९, व्यापार समूह एक दशमलव ७९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले घटेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology