
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका छन्।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा थियो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३७ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ९६ पैसा थियो।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ९९ पैसा थियो।त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ६० पैसा थियो। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ४६ पैसा थियो।