खेलकुद

नेपालको तेस्रो हार ; नामिबियासँग पराजित

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार व्यहोरेको छ । आज एन्टेब्बे क्रिकेट ओभलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।

नामिबियाले दिएको १२६ रनको लक्क्ष पछ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै मात्र १०२ रन बनाउन सक्यो । यो हारसँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ । नेपाली टोलीका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । उनले ३७ बलको सामना गरिन् । त्यस्तै, कविता जोशीले १९ बलमा १७, पूजा महतोले १४ बलमा १५ तथा कप्तान इन्दु बर्माले १५ बलमा १५ रनको योगदान दिइन् ।

बलिङतर्फ नामिबियाका इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारिन् । विल्का माटी, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १–१ विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो । यो प्रतियोगितामा बनेको हालसम्मकै उच्च स्कोर हो।

नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् भने विल्का माटीले २० तथा अरास्ता डिगार्टले अविजित १६ रनको योगदान दिइन् । नेपालका बलरमध्ये ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन्। रचनाकुमारी चौधरीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट हात पारिन् ।

रिया शर्मा र कप्तान इन्दु बर्माले १–१ विकेट लिए।यसअघि, नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको थियो । दोस्रो खेलमा युगाण्डालाई हराएको नेपाल तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो । नेपालले लीग चरणमा अब दुई खेल खेल्न बाँकी छ ।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...