नेपाली नोट छाप्न ६ देशका कम्पनी सर्टलिष्टमा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली नोट छाप्नका लागि ६ वटा देशका कम्पनीहरूलाई सर्टलिस्ट गरेको छ। बैंकले नोटको डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि प्रारम्भिक चरणमा ६ वटा कम्पनी छानेको हो।
जसमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला इन्टरनेसनल लिमिटेड, जर्मनीको गिसेके प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबर्थर फिडुसियायर एसएमएस र पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस् (पीडब्ल्यूपीडब्ल्यूएसए) रहेका छन्।
राष्ट्र बैंकले गत जनवरी १० मा एक सूचना प्रकाशित गर्दै बैंक नोट छाप्ने प्रतिस्पर्धामा सामेल हुन आवेदन आह्वान गरेको थियो। जसमा उक्त ६ कम्पनी सर्टलिस्टमा परेका हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




