
काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली नोट छाप्नका लागि ६ वटा देशका कम्पनीहरूलाई सर्टलिस्ट गरेको छ। बैंकले नोटको डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि प्रारम्भिक चरणमा ६ वटा कम्पनी छानेको हो।
जसमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला इन्टरनेसनल लिमिटेड, जर्मनीको गिसेके प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबर्थर फिडुसियायर एसएमएस र पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस् (पीडब्ल्यूपीडब्ल्यूएसए) रहेका छन्।
राष्ट्र बैंकले गत जनवरी १० मा एक सूचना प्रकाशित गर्दै बैंक नोट छाप्ने प्रतिस्पर्धामा सामेल हुन आवेदन आह्वान गरेको थियो। जसमा उक्त ६ कम्पनी सर्टलिस्टमा परेका हुन्।