खेलकुद

आईसीसीले सार्वजनिक गर्‍यो महिला विश्वकप छनोटको खेल तालिका

काठमाडौँ। आईसीसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही चैत २७ गतेदेखि (अप्रिल ९ देखि १९) वैशाख ६ गतेसम्म पाकिस्तानमा हुनेछ।

राउण्ड–रोबिनका आधारमा खेलाइने प्रतियोगिताका सबै १५ खेलहरू पाकिस्तानको लाहोरमा खेलाइनेछ। गद्दाफी क्रिकेट मैदान र लाहोर सिटी क्रिकेट एसोसिएशन (एलसीसीए) मा यो प्रतियोगिताका खेलहरु हुनेछन्।

प्रतियोगितामा आयोजक पाकिस्तानसँगै स्कटल्याण्ड, आयरल्याण्ड, वेष्टइण्डिज, थाइल्याण्ड र बंगलादेश सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र आयरल्याण्डबीच चैत २७ गते (अप्रिल ९) गद्दाफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई स्थानमा रहने दुई टोलीले यसै वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने महिला विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछन्।

आईसीसीको सूचीमा माथिल्ला ६ स्थानमा रहेका अष्ट्रेलिया‚ इङल्याण्ड‚ न्युजिल्याण्ड‚ दक्षिण अफ्रिका‚ श्रीलंका र प्रतियोगिता आयोजक भारत भने पहिले नै विश्वकपका लागि छनोट भइसकेका छन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...