शनिबार, चैत्र १, २०८१
English
Follow us:

यी स्थानमा हुँदैछ आज ‘लोडसेटिङ’

यी स्थानमा हुँदैछ आज ‘लोडसेटिङ’

  • खबर सेवा

  • शनिबार, चैत्र १, २०८१

  • 30
    SHARES
यी स्थानमा हुँदैछ आज ‘लोडसेटिङ’

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशन गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती जानकारी दिएको हो। बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ।

‘कण्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ। सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चनगेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ।

यस्तै, जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ। मूलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिनेछ ।

सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मूलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने प्राधिकरणले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology