सोमवार, भदौ २, २०८२
English
Follow us:

नेप्सेको सिईओका लागि ५ जना सर्टलिष्टमा

नेप्सेको सिईओका लागि ५ जना सर्टलिष्टमा

  • खबर सेवा

  • आइतवार, चैत्र २, २०८१

  • 116
    SHARES
नेप्सेको सिईओका लागि ५ जना सर्टलिष्टमा

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ।

सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाई, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका हुन्।

यसअघि झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, र डडेलधुरा मुकन्द राज जोशीले पनि आवेदन दिएका थिए। सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology