संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न : मदन भण्डारी हत्याको छानबिन गर्न कसले रोक्यो?
काठमाडौं। राप्रपाका सांसद् ज्ञानेन्द्र शाही मदन भण्डारीको हत्याको छानबिन गर्न माग गरेका छन्। आइतबारको संसद् बैठकमा बोल्दै उनले मदन भण्डारीको हत्या गर्ने मान्छे पत्ता लगाउँछु भन्ने मान्छे देशको प्रधानमन्त्री हुँदा पनि पत्ता नलगाइएको भन्दै आपत्तिसमेत जनाएका छन्।
‘मदन भण्डारी हत्या कसले गर्यो? हत्या गर्नेमान्छे पत्ता लगाउँछु भन्ने मान्छे अहिले देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारी हत्याको छानबिन गर्न कसले रोक्यो? यसको जवाफ चाहियो,’ उनले भने। राष्ट्रपति र प्रधानमन्त्री पनि एमालेकै हुँदा र दुई तिहाइकै सरकार हुँदा पनि छानबिन नभएको प्रति उनले जवाफ मागेका हुन्।
राजतन्त्र प्रति उठेका सवालमा जोड्दै उनले हत्याराहरू माथि पुग्ने अवस्था प्रजातन्त्रमा आएको आरोप लगाउँदै जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्ने माग गरेका छन्।
जनताको हितका हुने व्यवस्था बनाउन राष्ट्रपतिको ठाउँमा राजा राखी राजासहितको प्रजातन्त्र आवश्य रहेको उनले बताएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...




