घट्यो नेप्से
काठमाडौँ। सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार पनि निरन्तरता पाएको हो।
साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.१४ अङ्कले घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।
आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सोमवार कारोबार रकममा पनि गिरावट आएको हो ।
आज बजारमा ८५ कम्पनीको मूल्य बढेको छ । १४५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।
त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य ५.६३ प्रतिशत र घलुम्दी हाइड्रोको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये य ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




