राजनीति

एमालेको निष्कर्ष : राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल हुँदैन

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने प्रस्ताव पारित गरेको हो।

यस्तै प्रतिक्रियावादी शक्तिहरूले बेमौसमको बाजा बजाएर सत्तामा जाने भर्‍याङ बनाउन खोजेको तर, यसको अर्थ नरहने एमालेको दाबी छ ।

राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको ध्यानाकर्षण भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार बैठकमा मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने भन्दै नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षबाट ल्याएको यो व्यवस्थालाई आँच आउने कुनै गतिविधिमाथि सरकार र एमालेले खेद प्रकट गर्ने बताए।

‘जनताको यो फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्ताव पढ्दै ज्ञवालीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो ।’

उनले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणतिलाई उल्टाउने काममा कसैले पनि हात नहाल्न आग्रह गरे ।

सम्बन्धित समाचार

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...