राजनीति

आपसी सम्बन्ध सुधारका विषयमा परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबीच वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्ली स्थित रायसिना डायलगमा दुईबिच भेटवार्ता भएको हो । भेट आपसी सम्बन्ध सुधारमा केन्द्रित रहेको राणाले एक्समा उल्लेख गरेकी छिन् ।

वार्ताबारे जानकारी दिँदै उनले लेखेकी छिन्,’रायसियना डायलगमा भारतीय विदेशमन्त्रीसँग साइडलाइन छलफल भएको छ । सम्बन्धका विभिन्न आयाम र पक्षमा सौहार्द छलफल गर्दै नागरिकस्तर र कूटनीतिक सम्बन्ध बलियो बनाउने विषयमा छलफल केन्द्रित भयो ।’

राणाले भारतको छिमेकी पहिलो नीतिको प्रशंसा गरेको र भारतले नेपाललाई निरन्तर प्राथमिकतामा राख्नेमा आफू आशावादी भएको उल्लेख गरेकी छिन्।

‘भारतको छिमेकी पहिलो नीतिको मैले प्रशंसा गरेको छु । भारतले नेपाललाई निरन्तर प्राथमिकतामा राख्ने विश्वासमा आफू रहेको कुरा जानकारी गराएको छु,’ उनले लेखेकी छिन् ।

 

 

 

 

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...