शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

  • खबर सेवा

  • बुधबार, चैत्र ५, २०८१

  • 73
    SHARES
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। यस दिन नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा बन्द भएको हो।
बुधबार कारोबार रकम भने बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १४ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ८० करोड रूपैयाँ वृद्धि भएको हो। आज ३११ वटा धितोपत्रको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएको हो। बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन मिथिला लघुवित्तको मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९८० रूपैयाँ कायम भएको छ। यस्तै, गरिमा समृद्धि योजनाको मूल्य ७.६९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८० पैसा पुगेको छ।

बुधबार सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १५२ रूपैयाँ पुगेको छ। यस्तै, हिमालयन पावरको मूल्य ४.५२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६०४ रूपैयाँ ४० पैसामा झरेको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ९७७ रूपैयाँमा २९ करोड ६७ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०।९१ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४०४ रूपैयाँमा २३ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology