अर्थ

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। यस दिन नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा बन्द भएको हो।
बुधबार कारोबार रकम भने बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १४ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ८० करोड रूपैयाँ वृद्धि भएको हो। आज ३११ वटा धितोपत्रको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएको हो। बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन मिथिला लघुवित्तको मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९८० रूपैयाँ कायम भएको छ। यस्तै, गरिमा समृद्धि योजनाको मूल्य ७.६९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८० पैसा पुगेको छ।

बुधबार सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १५२ रूपैयाँ पुगेको छ। यस्तै, हिमालयन पावरको मूल्य ४.५२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६०४ रूपैयाँ ४० पैसामा झरेको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ९७७ रूपैयाँमा २९ करोड ६७ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०।९१ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४०४ रूपैयाँमा २३ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...