राजनीति

एमालेले मलाई अलमल्यायो ; वामदेव

काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा जान नदिन एमालेले प्रस्ताव गरेको खुलेको बताएका छन्।

राष्ट्रियसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। औपचारिक निर्णय नभए पनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ। उनले अब तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए।

उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।

‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो। निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो। त्यही बेलामा एमालेबाट प्रस्ताव आयो,ु उनले भने, ुत्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रहेछ। अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौँ।’

जनतामार्फत कम्युनिस्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ।

 

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...